बारामा २ जना कोरोना संक्रमितको मृत्यु

सफल खबर संवाददाता

शनिबार, २५ बैशाख २०७८, ११ : ५५
बारामा २ जना कोरोना संक्रमितको मृत्यु

बारा । बारामा दुई जना कोरोना संक्रमितहरुको उपचारको क्रममा मृत्यु भएको छ । बाराको बिश्रामपुर गाउँपालिका–५ निवासी ४५ वर्षका पुरुषको उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको हो ।

वैशाख २२ गते संक्रमण पुष्टि भएका उनको वीरगञ्जको नारायणी अस्पतालमा बिहान साढे १ बजे मृत्यु भएको बाराका प्रहरी प्रबक्ता एवम् प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

यस्तै महागढिमाई नगरपालिका ८ धर्मपुरकी ५६ वर्षीया संक्रमित महिलाको पनि मृृत्यु भएको छ । श्वास प्रश्वास समस्या भई उपचारको लागि वीरगञ्जको भवानी अस्पतालमा भर्ना भएकी ति महिलाको उपचारको क्रममा शुक्रबार राति सवा ९ बजे मृत्यु भएको प्रहरी प्रवक्ता मिश्रले बताए । उनमा गएको बिहीबार कोरोना पुष्टि भएको थियो । 

 

प्रतिक्रिया दिनुहोस