बलिउड अभिनेत्री कंगना रनावतलाई कोरोना संक्रमण

एजेन्सी

शनिबार, २५ बैशाख २०७८, ११ : २०
बलिउड अभिनेत्री कंगना रनावतलाई कोरोना संक्रमण

एजेन्सी । बलिउड भारतीय अभिनेत्री कंगना रनावत कोरोना भाइरसबाट संक्रमित भएकी छन्। कंगनाले आफूलाई संक्रमण भएको जानकारी सामाजिक संजाल मार्फत दिएकी छिन् ।

उनले इन्स्टाग्राम मार्फत संक्रमण पुष्टि भएको जानकारी गराएकी हुन्। आफ्नो गृहजिल्ला हिमाञ्चल प्रदेश पुगेपछि गरेको परीक्षणमा संक्रमण देखिएको उनले उल्लेख गरेकी छन्। उनले भनेकी छन्, ‘कसरी यो भाइरसले मेरो शरीरमा पार्टी गर्न सफल भयो मलाई थाहा छैन। तर यो थाहा छ कि म यसलाई ध्वस्त पार्छु।’

पछिल्लो केही दिनदेखि आफूलाई थकान तथा कमजोरी महसुस भएको र आँखा पनि पोल्ने गरेको उनले उल्लेख गरेकी छन् । आफू अहिले क्वारेन्टिनमा बसेको कंगनाले जनाएकी छन्।

प्रतिक्रिया दिनुहोस