कोरोनाको दिनहुँ नयाँ रेकर्ड : थप ९ हजार ७० जनामा संक्रमण पुष्टि, ५६ जनाको मृत्यु

सफल खबर संवाददाता

विहीबार, २३ बैशाख २०७८, १७ : २७
कोरोनाको दिनहुँ नयाँ रेकर्ड : थप ९ हजार ७० जनामा संक्रमण पुष्टि, ५६ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ९ हजार ७० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार हालसम्मकै रेकर्ड संक्रमित पुष्टि भएको हो । 

यसअघि बुधबार देशभर ८ हजार ६ सय ५९ जनामा संक्रमण पुष्टि भएको थियो भने ५६ जनाको मृत्यु भएको थियो । पछिल्लो समय दिनहुँ संक्रमितको संख्या बढ्दै गएको छ भने धेरैजसो जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।