एजेन्सी । भारतमा कोरोनाको दोस्रो लहर नियन्त्रण बाहिर हुँदै गइरहेको देखिएको छ । यहाँ बुधबार रेकर्ड ४ लाख १२ हजार ३७३ संक्रमित भेटिएका छन् । यो एक दिनमा भेटिएको संक्रमितको सबैभन्दा धेरै संख्या हो ।
नयाँ संक्रमितका साथै मृत्युदरमा पनि वृद्धि हुन थालेपछि मानिसहरु चिन्तामा पर्न थालेका छन् । भारतमा गएको २४ घंटामा ३,९७९ जनाको मृत्यु भएको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा यहाँ ३ लाख ३० हजार ५२५ मानिसहरु कोरोनामुक्त भएका छन् । भारतको केन्द्र तथा राज्य सरकारले कोरोना संक्रमण रोकथामका प्रयासहरु जारी राखेपनि संक्रमणको दर भने दिन प्रतिदिन बढ्दै गएको छ ।
                
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, २३ बैशाख २०७८, १० : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतले गर्यो सीएमएस-०३ उपग्रहको सफल प्रक्षेपण
नेपाल-भारतबीच संयुक्त लगानी सम्झौतामा हस्ताक्षर
भारत–चीनबीच ५ वर्षपछि प्रत्यक्ष हवाई उडान सुरु
एसिया कप : आज भारत र पाकिस्तान भिड्दै
‘चाडपर्व छोडेर काम खोज्न भारत’
‘लिपुलेकलाई व्यापारिक मार्ग बनाउन चीन र भारतबीचको सहमतिप्रति नेपालको आपत्ति’