काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेताहरुसहित नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवानिवास बुढानिलकण्ठबाट बाहिरिएका छन् । छलफलमा देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्ताव अस्वीकार गरेका स्रोतको भनाइ छ ।
छलफलमा ओलीले विश्वासको मत दिन देउवालाई आग्रह गरेका थिए । देउवाले आफू प्रमुख प्रतिपक्षी दलको नेता भएकाले विश्वासको मत दिन नसक्ने बताएको स्रोतले जनाएको छ । ओली र देउवाबीचको छलफलमा एमालेका तर्फबाट एमाले महासचिव ईश्वर पोखरेल र संसदीय दलका उपनेता सुवास नेम्वाङ, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सहभागी थिए।
यस्तै काँग्रेसका तर्फबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री पूर्णबहादुर खड्का, केन्द्रीय सदस्य रमेश लेखकलगायत सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २२ बैशाख २०७८, १८ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश
ओली र लेखकको हिरासत अवधि पाँच दिन थप
ओलीसँग अस्पतालमै बयान लिइँदै, २ दिन थुनामा राख्ने अनुमति
ओलीलाई पनि छोड्न सर्वोच्चद्वारा अस्वीकार, कारण देखाऊ आदेश जारी
ओलीको रिटमा सोमबार सुनुवाइ हुने