काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थन फिर्तालिएसँगै केपी ओली नेतृत्वको सरकार अल्पमतमा परेको छ । बहुमतको प्रधानमन्त्री हुन अब केपी ओलीले विश्वासको मत लिनुपर्ने भएको छ ।
ओलीले यही वैशाख २७ गते संसदको विशेष अधिवेशनबाट विश्वासको मत लिँदैछन् । तत्काल कायम रहेको सदस्य संख्याको बहुमत नपुगे ओली सरकार ढल्ने निश्चित छ । समर्थन फिर्ताको पत्र बुधबार बिहान संसद सचिवालयमा बुझाइएको छ । माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले संसद सचिवालयका सचिव गोपालनाथ योगीलाई पत्र बुझाएका छन् ।
माओवादी केन्द्रका प्रमुख सचेतक गुरुङका अनुसार सरकार निरन्तर रहिरहँदा राष्ट्रियता, लोकतन्त्र र जनजीविकाका सबै मुद्दाहरुमा गम्भीर खतरा पैदा भएर कालान्तरमा राष्ट्रिय स्वाधीनताकै मुद्दा गम्भीर खतरामा पर्न सक्ने भएकाले आजैका मितिदेखि लागू हुने गरी समर्थन फिर्ता लिएका छौं ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २२ बैशाख २०७८, १४ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सेनाको हेलिकप्टरमा भागेको १०९ दिनपछि बालुवाटार पुगे ओली
देउवा, ओली र प्रचण्डलाई भेट्दै संचारमन्त्री खरेल
देउवा र ओलीबीच महाराजगञ्जमा भेटवार्ता जारी
एमाले नेतृत्वमाथि भौतिक हमला हुन सक्छ, त्यो दिन देश ठप्प हुनुपर्छ’ : ओली
एघारौं महाधिवेशनको उद्घाटन सत्रमा ओलीले के भने ? (पूर्णपाठ)
‘म ढुक्कले भन्छु, एमाले अजम्बरी छ : ओली