एजेन्सी । कोरोनाको हटस्पट बनेको भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ८२ हजार ८४७ नयाँ संक्रमित थपिएका छन् । प्रदेश देखि केन्द्र सरकारले यसको चेन ब्रेक तोड्न विभिन्न रोकथामका प्रयासहरु जारी राखेपनि संक्रमितको संख्या दिनप्रति दिन ३ लाख बढी थपिने गरेको छ ।
३ दिन यता नयाँ संक्रमितमा गिरावट आइरहेकोमा मंगलबार पुनः नयाँ संक्रमितको आँकडामा वृद्धि देखिएको छ । भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ८२ हजार ८४७ नयाँ व्यक्तिमा कोरोना पुष्टि भयो ।
त्यस्तै यता कोरोनाकै कारण पछिल्लो २४ घण्टामा यहाँ ३,७८३ व्यक्तिको मृत्यु भएको छ । यो एकै दिन भएको मृत्युको सर्वाधिक संख्या हो । यस्तै, पछिल्लो २४ घण्टामा ३लाख ३७ हजार व्यक्ति संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, २२ बैशाख २०७८, १० : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपालले भारतलाई हरायो
भारतले गर्यो सीएमएस-०३ उपग्रहको सफल प्रक्षेपण
नेपाल-भारतबीच संयुक्त लगानी सम्झौतामा हस्ताक्षर
भारत–चीनबीच ५ वर्षपछि प्रत्यक्ष हवाई उडान सुरु
एसिया कप : आज भारत र पाकिस्तान भिड्दै
‘चाडपर्व छोडेर काम खोज्न भारत’