एजेन्सी । कोरोनाको हटस्पट बनेको भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ८२ हजार ८४७ नयाँ संक्रमित थपिएका छन् । प्रदेश देखि केन्द्र सरकारले यसको चेन ब्रेक तोड्न विभिन्न रोकथामका प्रयासहरु जारी राखेपनि संक्रमितको संख्या दिनप्रति दिन ३ लाख बढी थपिने गरेको छ ।
३ दिन यता नयाँ संक्रमितमा गिरावट आइरहेकोमा मंगलबार पुनः नयाँ संक्रमितको आँकडामा वृद्धि देखिएको छ । भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ८२ हजार ८४७ नयाँ व्यक्तिमा कोरोना पुष्टि भयो ।
त्यस्तै यता कोरोनाकै कारण पछिल्लो २४ घण्टामा यहाँ ३,७८३ व्यक्तिको मृत्यु भएको छ । यो एकै दिन भएको मृत्युको सर्वाधिक संख्या हो । यस्तै, पछिल्लो २४ घण्टामा ३लाख ३७ हजार व्यक्ति संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, २२ बैशाख २०७८, १० : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्वकप सुपर-८: सेमिफाइनल प्रवेशका लागि आज भारत र वेस्ट इन्डिज बिच भिडन्त
टी-२० विश्वकप : भारतसँग जिम्बावे ७२ रनले पराजित
नेपाल र भारतबीच जैविक विविधता संरक्षणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
आइसीसी टी-२० विश्वकप : भारतसँग नेदरल्याण्ड्स १७ रनले पराजित
आईसीसी टी–२० विश्वकप : भारतसँग पाकिस्तान ६१ रनले पराजित
टी-२० विश्वकप: भारत र पाकिस्तानबीच आज महाभिडन्त, वर्षाको खतरा