नवलपरासीमा थप पाँच जना संक्रमितको मृत्यु

सफल खबर संवाददाता

मंगलबार, २१ बैशाख २०७८, १७ : ०८
नवलपरासीमा थप पाँच जना संक्रमितको मृत्यु

रुपन्देही । कोरोना संक्रमणका कारण मंगलबार पश्चिम नवलपरासीमा थप पाँच जनाको मृत्यु भएको छ । भैरहवा मेडिकल कलेजमा तीन र पृथ्वीचन्द्र जिल्ला अस्पतालमा दुई जनाको मृत्यु भएको हो ।

भैरहवा मेडिकल कलेजमा मृत्यु हुनेमा पाल्हीनन्दन गाउँपालिका-४ का ५५ वर्षीया महिला, बर्दघाट नगरपालिका-१२ का ५४ वर्षीया महिला र सुस्ता गाउँपालिका-१ का ७० वर्षिय पुरुष रहेको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन देविलाल पौडेलले जानकारी दिए ।

भत्यसैगरी पृथ्वीचन्द्र जिल्ला अस्पतालमा मृत्यु हुनेमा रामग्राम नगरपालिका-४ का ४५ वर्षीय पुरुष र पाल्हीनन्दन गाउँपालिका-१ का ५५ वर्षिय पुरुष रहेका छन् ।

अहिलेसम्म जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या ५२ जना पुगको स्वास्थ्य कार्यालयले जनाएको छ । बैशाख पहिलो सातादेखि मंगलबारसम्म जिल्लामा मृत्यु हुनेको संख्या २० पुगेको पौडेलले जानकारी दिए । जिल्लामा सक्रिय संक्रमितको संख्या ५ सय नाघेको छ ।