निजी अस्पताल भन्छन् – 'सरकारी शुल्कमा उपचार असम्भव छ’

सफल खबर संवाददाता

मंगलबार, २१ बैशाख २०७८, १३ : ३०
निजी अस्पताल भन्छन् – 'सरकारी शुल्कमा उपचार असम्भव छ’

काठमाडौं । पछिल्लो समय अस्पतालमा संक्रमितले बेड नै पाउन मुश्किल भइरहेको छ ।उपत्यकाका सरकारी कोभिड अस्पतालमा कोरोना संक्रमितहरूले भरिएका छन् । कतिपय निजी अस्पतालले कोरोना संक्रमणको उपचार गरेका छन् भने कतिपयले छैनन् ।

निजी अस्पतालहरूको छाता संगठन एशोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्यूसन नेपाल अफिनका उपाध्यक्ष एवं अल्का अस्पतालका सञ्चालक कुमार थापा भने केही अस्पताल बाहेक निजी अस्पतालले पनि उपचार गरिरहेका बताए । अफिनमा आवद्घ दुई सय निजी अस्पताल मध्ये केही बाहेक सबैले कोरोना संक्रमितहरूको उपचार गरिरहेको उनको दाबी छ ।

गत वर्ष कोरोना संक्रमितलाई उपचार गराउन सक्रिय भएका अस्पतालहरू सरकारको असहयोगका कारण यो वर्ष पछाडि हेटेको अफिनको भनाइ छ । सरकारले एक जना बिरामी बराबर १५ हजार आईसीयू, भेन्टिलेटर प्रयोग भएको अवस्थाका उपचार खर्च तोकेको र  भएकैले धेरै अस्पताल पछाडि हटेको अफिनका उपाध्यक्ष थापा बताउँछन् ।

निजी अस्पतालका लागि यो वर्ष सरकारले ऋण, विद्युत शुल्कमा छुट नदिएको बरु समयमा कर नतिरेकोमा जरिवाना तिराएको छ । त्यस कारण पनि सरकारी रेटमा निजी अस्पतालले उपचार गर्न नसक्ने अवस्था सिर्जना भएको छ ।सरकारले नर्मल रेटमा उपचार गर्न अनुमति दिने हो भने सबै अस्पताल पुनः सक्रिय हुनसक्ने उनको भनाइ छ ।

निजी अस्पतालका लागि यो वर्ष सरकारले ऋण, विद्युत शुल्कमा छुट नदिएको बरु समयमा कर नतिरेकोमा जरिवाना तिराएको छ । त्यस कारण पनि सरकारी रेटमा निजी अस्पतालले उपचार गर्न नसक्ने अवस्था सिर्जना भएको उनको भनाइ छ ।

‘यो वर्ष सरकारले पाँच प्रतिशत लोन दिएको भए सबै अस्पतालले गर्ने थिए । दिएन । गत वर्ष उपचार गरेको खर्च पनि सरकारले दिएको छैन भन्ने सुनेको छु,’ उनी भन्छन् ‘यस्तो अवस्थामा सक्ने कुरा भएन । अस्पतालले नसकेरै नगराइरहेका होलान् ।’

सरकारले अहिलेसम्म अबका दिनमा कसरी कोरोना महामारीको सामना गर्ने भनेर निजी अस्पतालहरूलाई छलफलका लागि समेत नबोलाएको र अफिनले पनि कुनै छलफल नगरेको जनाएको छ । निजी अस्पतालहरूलाई सक्रिय बनाउन मन्त्रालयले घचघचाउनुपर्ने र त्यो नगरेको अफिनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस