काठमाडौं । ओली क्याम्पका ३ जना प्रदेशसभा सदस्यले राजीनामा दिएपछि लुम्बिनी प्रदेशमा भुँईचालो आएको छ । एमाले संसदीय दलका नेता शंकर पोखरेल मुख्यमन्त्रीमा पुन: नियुक्ति भएको केहीबेरमै प्रदेशमा ३ जना सदस्यले राजीनामा दिएका हुन् । राजीनामा दिने सदस्यमा नेकपा एमालेका लुम्बिनी प्रदेश सांसद दीर्घनारायण पाण्डे (कपिलवस्तु) रहेका छन् ।
कपिलवस्तु २ (क)बाट निर्वाचित पाण्डेले भर्खरै सभामुखसमक्ष राजीनामा बुझाएका हुन् । त्यस्तै, एमालेकै धर्मबहादुरलाल श्रीवास्तव (कपिलवस्तु) र अजय शाही (पश्चिम नवलपरासी) ले एमाले छाडी मुख्यमन्त्री बिरोधी क्याम्पमा हस्ताक्षर गरेको बताइएको छ ।
यी तीनै जना हालका स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी र बृजेशकुमार गुप्ताको नेतृत्वमा एमालेको सूर्य चिन्हअन्तर्गत बिजयी भएका थिए । केन्द्रमा मन्त्री रहँदारहँदै हृदयेश किन प्रधानमन्त्री केपी ओलीसङ्ग बिच्किए बुझ्न सकिएको छैन । सम्भवत उनी नयाँ पार्टी गठन गर्ने तयारीमा छन् ।
आजै बिहान एमाले सांसद विमला ओलीले एमाले परित्याग गरेर माओवादी केन्द्रमा प्रवेश गरेकी थिइन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १९ बैशाख २०७८, १७ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लुम्बिनी प्रदेश : २६ निर्वाचन क्षेत्रमध्ये १३ मा मतगणना जारी
यस्ता छन् लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका दुई निर्णय
लुम्बिनी प्रदेशमा प्रधानमन्त्रीले गरिन् निर्वाचन तयारीबारे छलफल
लुम्बिनी प्रदेशमा झण्डै १३ हजार छाडा चौपाया : सर्वेक्षण
लुम्बिनी प्रदेश प्रमुखद्वारा सातौँ अधिवेशन आह्वान
लुम्बिनीका नवनियुक्त युवा तथा खेलकुदमन्त्री पाण्डेले लिए शपथ