काठमाडौं । ओली क्याम्पका ३ जना प्रदेशसभा सदस्यले राजीनामा दिएपछि लुम्बिनी प्रदेशमा भुँईचालो आएको छ । एमाले संसदीय दलका नेता शंकर पोखरेल मुख्यमन्त्रीमा पुन: नियुक्ति भएको केहीबेरमै प्रदेशमा ३ जना सदस्यले राजीनामा दिएका हुन् । राजीनामा दिने सदस्यमा नेकपा एमालेका लुम्बिनी प्रदेश सांसद दीर्घनारायण पाण्डे (कपिलवस्तु) रहेका छन् ।
कपिलवस्तु २ (क)बाट निर्वाचित पाण्डेले भर्खरै सभामुखसमक्ष राजीनामा बुझाएका हुन् । त्यस्तै, एमालेकै धर्मबहादुरलाल श्रीवास्तव (कपिलवस्तु) र अजय शाही (पश्चिम नवलपरासी) ले एमाले छाडी मुख्यमन्त्री बिरोधी क्याम्पमा हस्ताक्षर गरेको बताइएको छ ।
यी तीनै जना हालका स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी र बृजेशकुमार गुप्ताको नेतृत्वमा एमालेको सूर्य चिन्हअन्तर्गत बिजयी भएका थिए । केन्द्रमा मन्त्री रहँदारहँदै हृदयेश किन प्रधानमन्त्री केपी ओलीसङ्ग बिच्किए बुझ्न सकिएको छैन । सम्भवत उनी नयाँ पार्टी गठन गर्ने तयारीमा छन् ।
आजै बिहान एमाले सांसद विमला ओलीले एमाले परित्याग गरेर माओवादी केन्द्रमा प्रवेश गरेकी थिइन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १९ बैशाख २०७८, १७ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जसपाद्वारा लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता
लुम्बिनीमा ११ महिनामा ५९ प्रतिशत मात्रै विकास बजेट खर्च
लुम्बिनी प्रदेशको बजेट मन्त्रिपरिषद् बैठकबाट स्वीकृत
लुम्बिनी प्रदेश सभाको छैटौँ अधिवेशन आजदेखि
बुद्ध जन्मभूमि लुम्बिनी गौरवको केन्द्र: मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेश सभा छैठाैँ अधिवेशन ३१ गते बस्ने