विराट गोल्ड कप शुरु

आइतबार, १८ चैत्र २०७४, १२ : २५
विराट गोल्ड कप शुरु

विराटनगर । विराटनगरमा शनिबारदेखि शुरु भएको विराट गोल्ड कपमा आयोजक मोरङ–११ विराट गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनल प्रवेश गरेको छ । मोफसलमा पहिलो पटक आयोजना गरिएको दिवा तथा रात्रिकालीन (डे–नाइट) फुटबल प्रतियोगिताको उद्घाटन प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले गर्नुभएको थियो ।

स्थानीय शहीद रंगशालामा भएको उद्घाटन खेलमा मोरङ–११ ले भुटानको थिम्पु फुटबल क्लबलाई २–० गोल अन्तरले पराजित गरेको छ । मोरङको जीतमा भुवन बस्नेत र निशान लिम्बूले गोल गरे । मोरङका तर्फबाट ६०औँ मिनेटमा बस्नेतले गोल गर्दै टोलीलाई अग्रता दिलाएका हुन् ।

यस्तै अतिरिक्त समयमा निशान लिम्बूले गोल गर्दा मोरङ २–० गोल अन्तरले विजयी बन्यो । मोरङका प्रशिक्षक पारश चौधरीले खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दा परिणाम सोचेअनुरुप नै भएको बताउनुभयो । प्रतियोगिताको ‘म्यान अफ दी म्याच’ मोरङका निशान लिम्बू घोषित भए । आजको खेल संकटा फुटबल क्लब र भारतको मोहम्मेदन स्पोर्टिङ क्लबबीच हुनेछ । (रासस)

प्रतिक्रिया दिनुहोस