एजेन्सी । कोरोना संक्रमण भयावह बन्दै गएको भारतमा पछिल्लो २४ घण्टामा ३ हजार ५०१ जनाले ज्यान गुमाएका छन् । दोस्रो लहरको संक्रमण बढ्दै जाँदा भारतमा मृतक संख्या पनि बढ्दो क्रममा छ । यो सँगै भारतमा मृतक संख्या २ लाख ८ हजार ३१३ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ थप ३ लाख ८६ हजार ८२९ जनामा संक्रमण पुष्टि भएको छ । एकैदिन संक्रमण हुनेको यो संख्या अहिलेसम्मकै उच्च हो । यसअघि हिजो ३ लाख ७९ हजार ४५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या १ करोड ८७ लाख ५४ हजार ९२५ पुगेको छ ।
भारतमा अहिले सम्म १ करोड ५३ लाख ६९ हजार ३६२ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या ३१ लाख ७७ हजार २५० छ । यसैबीच मृतकको संख्या बढ्दै जाँदा भारतको नयाँ दिल्लीमा अन्तिम संस्कारका लागि ठाउँ अभाव हुन थालेको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, १७ बैशाख २०७८, ०९ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपालले भारतलाई हरायो
भारतले गर्यो सीएमएस-०३ उपग्रहको सफल प्रक्षेपण
नेपाल-भारतबीच संयुक्त लगानी सम्झौतामा हस्ताक्षर
भारत–चीनबीच ५ वर्षपछि प्रत्यक्ष हवाई उडान सुरु
एसिया कप : आज भारत र पाकिस्तान भिड्दै
‘चाडपर्व छोडेर काम खोज्न भारत’