एजेन्सी । कोरोना संक्रमण भयावह बन्दै गएको भारतमा पछिल्लो २४ घण्टामा ३ हजार ५०१ जनाले ज्यान गुमाएका छन् । दोस्रो लहरको संक्रमण बढ्दै जाँदा भारतमा मृतक संख्या पनि बढ्दो क्रममा छ । यो सँगै भारतमा मृतक संख्या २ लाख ८ हजार ३१३ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ थप ३ लाख ८६ हजार ८२९ जनामा संक्रमण पुष्टि भएको छ । एकैदिन संक्रमण हुनेको यो संख्या अहिलेसम्मकै उच्च हो । यसअघि हिजो ३ लाख ७९ हजार ४५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या १ करोड ८७ लाख ५४ हजार ९२५ पुगेको छ ।
भारतमा अहिले सम्म १ करोड ५३ लाख ६९ हजार ३६२ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या ३१ लाख ७७ हजार २५० छ । यसैबीच मृतकको संख्या बढ्दै जाँदा भारतको नयाँ दिल्लीमा अन्तिम संस्कारका लागि ठाउँ अभाव हुन थालेको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, १७ बैशाख २०७८, ०९ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्वकप सुपर-८: सेमिफाइनल प्रवेशका लागि आज भारत र वेस्ट इन्डिज बिच भिडन्त
टी-२० विश्वकप : भारतसँग जिम्बावे ७२ रनले पराजित
नेपाल र भारतबीच जैविक विविधता संरक्षणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
आइसीसी टी-२० विश्वकप : भारतसँग नेदरल्याण्ड्स १७ रनले पराजित
आईसीसी टी–२० विश्वकप : भारतसँग पाकिस्तान ६१ रनले पराजित
टी-२० विश्वकप: भारत र पाकिस्तानबीच आज महाभिडन्त, वर्षाको खतरा