काठमाडौं ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले १२ वटा कार्यालयलाई भीडभाड हुन नदिई प्रभावकारी व्यवस्थापन मिलाउन पत्र पठाएको छ ।
काम सुचारु गर्न आलोपालो गरी कर्मचारी खटाउने र घरबाट गर्न मिल्ने कामलाई घरबाटै गर्ने व्यवस्था मिलाउन पनि पत्रमा उल्लेख गरिएको छ । प्रधानमन्त्रीको कार्यालयले मन्त्रिपरिषद्को बैठकको निर्णयअनुसार यस्तो पत्र पठाएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोकसेवा आयोग, महान्यायाधिवक्ताको कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, सार्वजनिक खरिद अनुगमन कार्यालय, राष्ट्रिय सतर्कता केन्द्र, नेपाल ट्रस्टको कार्यालय, लगानी बोर्डको कार्यालय, राष्ट्रिय अनुसन्धान विभागका बरफबाग र हरिहरभवन र सम्पत्ति शुद्धीकरण विभागलाई पत्र पठाइएको हो
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, १७ बैशाख २०७८, ०७ : ४४
लेखकबाट थप