एजेन्सी । अमेरिकाले आफ्ना नागरिकलाई चाँडोभन्दा चाँडो भारत छोड्न आह्वान गरेको छ । अमेरिकाले भारतमा तीब्र रुपमा फैलिरहेको कोरोनाको संक्रमणको विषयमा एक एड्भाइजरी जारी गरिएको छ ।
अमेरिकाले भारतमा कोरोना संकट अत्यधिक गहिरिएको र स्वास्थ्य सुविधा निस्प्रभावी भइरहेको बताएको छ ।
अमेरिकाले चार श्रेणीको ट्राभल हेल्थ नोटिस जारी गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले भारतलाई कोरोना संकटसँग जुध्नका लागि थुप्रै स्तरमा मद्दत गर्ने घोषणा गरेका बेला यस्तो आदेश जारी गरिएको हो ।
अमेरिकी विदेश मन्त्रालयले हेल्थ अलर्ट जारी गर्दे भनेको छ, ‘भारतमा कोरोनाको नयाँ मामिला र यसका कारण हुने मृत्युको आँकडाले हरेक दिन रेकर्ड तोडिरहेको छ । कोभिड–१९ परीक्षणको सुविधा पनि सिमित छन् । अस्पतालमा स्वास्थ्य सामग्रीको आपूर्तिको विषयमा महामारीको स्थिति छ । यसका साथै नयाँ बिरामीका लागि अस्पतालमा कुनै बेड खाली छैन ।’
अमेरिकी एड्भाइजरीमा कोभिडको बढ्दो मामिलाका कारण मेडिकल सुविधा ध्वस्त भएको छ । यसमा अमेरिकी नागरिकलाई भारतबाट आउने फ्लाइटबाट सिधै आउन भनिएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, १६ बैशाख २०७८, १४ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दुई शक्ति राष्ट्रका राजदूत नेपालबाट किन एकै समय फिर्ता हुँदै छन् ?
अमेरिकाद्वरा भेनेजुएलाको अर्को तेल ट्यांकर जफत
भेनेजुयलासँग द्वन्द्व नगर्न रुसको अमेरिकालाई आग्रह
अमेरिका र युक्रेनबीच मियामीमा वार्ता हुने
अमेरिका–जापानले गरे व्यापार र दुर्लभ धातुसम्बन्धी सम्झौतामा हस्ताक्षर
अमेरिकाद्वारा कोलम्बियाका राष्ट्रपति पेट्रोमाथि प्रतिबन्ध