एजेन्सी । अमेरिकाले आफ्ना नागरिकलाई चाँडोभन्दा चाँडो भारत छोड्न आह्वान गरेको छ । अमेरिकाले भारतमा तीब्र रुपमा फैलिरहेको कोरोनाको संक्रमणको विषयमा एक एड्भाइजरी जारी गरिएको छ ।
अमेरिकाले भारतमा कोरोना संकट अत्यधिक गहिरिएको र स्वास्थ्य सुविधा निस्प्रभावी भइरहेको बताएको छ ।
अमेरिकाले चार श्रेणीको ट्राभल हेल्थ नोटिस जारी गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले भारतलाई कोरोना संकटसँग जुध्नका लागि थुप्रै स्तरमा मद्दत गर्ने घोषणा गरेका बेला यस्तो आदेश जारी गरिएको हो ।
अमेरिकी विदेश मन्त्रालयले हेल्थ अलर्ट जारी गर्दे भनेको छ, ‘भारतमा कोरोनाको नयाँ मामिला र यसका कारण हुने मृत्युको आँकडाले हरेक दिन रेकर्ड तोडिरहेको छ । कोभिड–१९ परीक्षणको सुविधा पनि सिमित छन् । अस्पतालमा स्वास्थ्य सामग्रीको आपूर्तिको विषयमा महामारीको स्थिति छ । यसका साथै नयाँ बिरामीका लागि अस्पतालमा कुनै बेड खाली छैन ।’
अमेरिकी एड्भाइजरीमा कोभिडको बढ्दो मामिलाका कारण मेडिकल सुविधा ध्वस्त भएको छ । यसमा अमेरिकी नागरिकलाई भारतबाट आउने फ्लाइटबाट सिधै आउन भनिएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, १६ बैशाख २०७८, १४ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आफ्ना नागरिकलाई अमेरिकाले भन्यो- तुरुन्तै इराक छोड्नू
इरानका १० उच्च अधिकारीको सुराकी दिनेलाई अमेरिकाले एक करोड डलर इनाम दिने
सम्झौताविना टुंगियो अमेरिका–इरान वार्ता
अमेरिकाले क्यारेबियन क्षेत्रमा गरेको डुंगा आक्रमणमा तीन जनाको मृत्यु
अमेरिकामा श्रीमती र छोरीको हत्या गर्ने नेपालीको प्रहरीको गोलीबाट मृत्यु
अमेरिकामा भीषण हिमपात : ४८ वर्ष पुरानो रेकर्ड तोडियो, जनजीवन ठप्प