एजेन्सी । भारतमा २४ घंटाको अन्तरालमा ३ लाख ६२ हजार ७८७ नयाँ कोरोना संक्रमित थपिएका छन् । केही दिन यता भारतमा दिनहुँजसो ३ लाख बढी संक्रमित थपिदैं गएका छन् । सोमबार नयाँ संक्रमितको संख्यामा केही कमी रहे पनि मंगलबार यो संख्याले पुनः निरन्तरता पाएको छ ।
मंगलबार कोरोना संक्रमणका कारण भारतमा ३ हजार २८५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये धेरैजसो महाराष्ट्रका छन् । महाराष्ट्रमा मात्र ८९५ जनाको मृत्यु भएको छ । यस्तै दिल्लीमा ३८१, उत्तरप्रदेशमा २६४, छत्तीसगढमा २४६, कर्नाटकमा १८०, गुजरातमा १७० र झारखण्डमा १३१ जनाको मृत्यु भएको छ ।
भारतमा मंगलबारसम्म कुल संक्रमितको संख्या एक करोड ७९ लाख ८८ हजार ६३७ पुगेको छ । कोरोना संक्रमणका कारण भारतमा हालसम्म दुई लाख एक हजार १६५ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, १५ बैशाख २०७८, ०८ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपालले भारतलाई हरायो
भारतले गर्यो सीएमएस-०३ उपग्रहको सफल प्रक्षेपण
नेपाल-भारतबीच संयुक्त लगानी सम्झौतामा हस्ताक्षर
भारत–चीनबीच ५ वर्षपछि प्रत्यक्ष हवाई उडान सुरु
एसिया कप : आज भारत र पाकिस्तान भिड्दै
‘चाडपर्व छोडेर काम खोज्न भारत’