एजेन्सी । भारतमा २४ घंटाको अन्तरालमा ३ लाख ६२ हजार ७८७ नयाँ कोरोना संक्रमित थपिएका छन् । केही दिन यता भारतमा दिनहुँजसो ३ लाख बढी संक्रमित थपिदैं गएका छन् । सोमबार नयाँ संक्रमितको संख्यामा केही कमी रहे पनि मंगलबार यो संख्याले पुनः निरन्तरता पाएको छ ।
मंगलबार कोरोना संक्रमणका कारण भारतमा ३ हजार २८५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये धेरैजसो महाराष्ट्रका छन् । महाराष्ट्रमा मात्र ८९५ जनाको मृत्यु भएको छ । यस्तै दिल्लीमा ३८१, उत्तरप्रदेशमा २६४, छत्तीसगढमा २४६, कर्नाटकमा १८०, गुजरातमा १७० र झारखण्डमा १३१ जनाको मृत्यु भएको छ ।
भारतमा मंगलबारसम्म कुल संक्रमितको संख्या एक करोड ७९ लाख ८८ हजार ६३७ पुगेको छ । कोरोना संक्रमणका कारण भारतमा हालसम्म दुई लाख एक हजार १६५ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, १५ बैशाख २०७८, ०८ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्वकप सुपर-८: सेमिफाइनल प्रवेशका लागि आज भारत र वेस्ट इन्डिज बिच भिडन्त
टी-२० विश्वकप : भारतसँग जिम्बावे ७२ रनले पराजित
नेपाल र भारतबीच जैविक विविधता संरक्षणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
आइसीसी टी-२० विश्वकप : भारतसँग नेदरल्याण्ड्स १७ रनले पराजित
आईसीसी टी–२० विश्वकप : भारतसँग पाकिस्तान ६१ रनले पराजित
टी-२० विश्वकप: भारत र पाकिस्तानबीच आज महाभिडन्त, वर्षाको खतरा