पूर्वराजा र रानीलाई अक्सिजनको सपोर्टमा उपचार, अवस्था स्थिर

सफल खबर संवाददाता

मंगलबार, १४ बैशाख २०७८, १६ : ३५
पूर्वराजा र रानीलाई अक्सिजनको सपोर्टमा उपचार, अवस्था स्थिर

काठमाडौँ । भारत भ्रमणका क्रममा कोरोना संक्रमित भएका पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाह र पूर्वरानी कोमल राज्यलक्ष्मी शाहलाई अक्सिजनको सपोर्टमा उपचार सुरु गरिएको छ । शाह दम्पतीको अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ । 

नर्भिक इन्टरनेशनल अस्पतालका अनुसार कोरोना संक्रमित भएपछि पूर्वराजा दम्पत्ति वैशाख ११ गते नर्भिक अस्पताल भर्ना भएका थिए । पूर्व राजा र पूर्वरानीलाई अक्सिजनको सपोर्टमा उपचार जारी राखिएको अस्पतालको भनाइ छ । अस्पतालले जारी गरेको विज्ञप्तिमा शाह दम्पतीको अवस्था सामान्य र स्थिर रहेको कुरा उल्लेख छ । 

उनीहरुसँगै अस्पताल भर्ना भएकी पूर्व अधिराजकुमारी प्रेरणा शाहलाई भने अक्सिजनको सपोर्ट दिनु परेको छैन । 
 

प्रतिक्रिया दिनुहोस