बाँकेमा ४७६ वटा नमुना परीक्षण गर्दा ३८३ जनामा कोरोना संक्रमण

सफल खबर संवाददाता

मंगलबार, १४ बैशाख २०७८, १४ : ०८
बाँकेमा ४७६ वटा नमुना परीक्षण गर्दा ३८३ जनामा कोरोना संक्रमण

रूपन्देही । बाँकेको भेरी अस्पतालमा ४७६ वटा नमुना परीक्षण गर्दा ३८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।रिपोर्टकोे सोमबार साँझ सार्वजनिक हुनुपर्ने भएपनि अत्याधिक नमुना भएका कारण मंगलबार मात्र सार्वजानिक गरिएको भेरी अस्पतालले जनाएको छ ।

बैशाखयता २४ घण्टा संकलन गरिएको नमुनामा यति धेरै संक्रमित थपिएको पहिलो रेकर्ड हो ।सोमबार भेरी अस्पतालको प्रयोगशालाबाहेक अन्य २ प्रयोगशाला र सिमा नाकाको एन्टिजेन परीक्षणबाट बाँकेमा २५६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

भेरीको समेत जोड्दा सोमबार मात्र बाँकेमा ६३९ नयाँ कोरोना संक्रमित थपिएका छन् । आज पनि उस्तै भिड लागेको छ ।

प्रतिक्रिया दिनुहोस