जमर्नी नागरिकद्वारा आर्थिक सहयोग प्रदान

प्रकाश सिग्देल

मंगलबार, १४ बैशाख २०७८, १३ : ०१
जमर्नी नागरिकद्वारा आर्थिक सहयोग प्रदान

स्याङजा । स्याङ्जा हरिनास गाउपालिका वडा नम्वर ३ चिसापानी सहेलेकी अनिता सिग्देलको पालन पोषण र उपचारका लागि आर्थिक सहयोग प्रदान गरिएको छ ।

जमर्नी नागरिक काटियाले सपोर्ट एण्ड कियर संस्थाबाट पत्रकार प्रकाश सिग्देल मार्फत पठाएका २८ हजार रुपैँया अनिताको पालन पोषणका लागि सहयोग गरिएको हो । जन्मैदेखि पुर्ण रुपमा अपाङ्ग रहेकी अनिता बोल्न र चल्न नसक्ने अवस्थामा छिन् ।

केहि वर्ष अगाडी बुबाको पनि निधन भएपछि उनलार्ई आमाले बडो कष्टका साथ रेखदेख गर्दै आएकी छिन् । उनको पटक पटक उपचार गर्दा पनि निको नभएको स्थानियहरुले वताएका छन् । हरिनास गाउँपालिका उपाध्यक्ष झनमाया पराजुली र वडा नम्वर २ का अध्यक्ष परशुराम सिग्देलको हातबाट अनिताको घरमै पुगेर उनको आमालाई सो रकम हस्तान्तरण गरिएको हो ।

अनिताको पालन पोषणका लागी स्थानिय समुदायले पनि सहयोग गरिरहेका छन् भने हरिनास गाउँपालिका र सिग्देल बन्धु प्रतिष्ठानले सहयोग गरिरहेको छ । कार्यक्रममा स्थानिय सामाजिक अगुवा तथा शिक्षक लुमाकान्त सिग्देल र लेखनाथ सिग्देल लगायत स्थानियहरुको सहभागिता रहेको थियो । 

प्रतिक्रिया दिनुहोस