कस्तो रहला आजको मौसम ?

सफल खबर संवाददाता

मंगलबार, १४ बैशाख २०७८, ०७ : ४८
कस्तो रहला आजको मौसम ?

काठमाडौं । हाल देशको पूर्वी भूभागमा न्यूनचापीय रेखाको प्रभाव रहेको छ भने जसका कारण प्रदेश नं १ र प्रदेश नं २ का केही भूभाग लगायत देशक अन्य उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा आंशिक बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहेको महाशाखाको मौसमी बुलेटिनमा उल्लेख छ । यस्तै मंगलबार दिउँसो प्रदेश नं १, प्रदेश नं २ लगायत देशका अन्य पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने मशाखाको पूर्वानुमान रहेको छ ।

यस्तै देशका पहाडी भूभागका एक दुई स्थानमा अपरान्हपछि मेघगर्जनसहित क्षणिक बर्षाको सम्भावना छ । यसैगरी राति  देशका पहाडी भूभागमा आँशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

प्रतिक्रिया दिनुहोस