काठमाडौं । कोरोना भाइरसको संक्रमण बढेसँगै सिसिएमसीले गरेको सिफारिसमा निर्णय लिन आज मन्त्रिपरिषद्को बैठक बस्दै छ । बैठक बालुवाटारमा आज साँझ बस्ने जानकारी आएको एक मन्त्रीले जानकारी दिए ।
बैठकमा कोरोनाभाइरसको नियन्त्रणका विषयमा छलफल केन्द्रीत हुने ती मन्त्रीको भनाइ छ । उनका अनुसार लकडाउन, निषेधाज्ञाका साथै सीमानाकामा आवतजावत कडाइका सन्दर्भका विषयमा छलफल र आवश्यक निर्णय हुनेछ ।
देशभर कोरोनाभाइरसको दोस्रो लहर फैलिएपछि अवस्था भयावह बन्ने अवस्था देखिएको छ भने अस्पतालहरुमा बिरामीको व्यवस्थापन गर्न असहज अवस्था सिर्जना हुन थालेको चिकित्सकहरुले बताएका छन् ।
आइतबार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले देशभर कम्तीमा ३ साता लकडाउनको सिफारिस समेत गरेको छ भने पूर्वनिर्धारित परीक्षा पनि स्थगित गरिसकिएको छ । नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ३ लाख नाघिसकेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १३ बैशाख २०७८, ०८ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
डिजिटल नेपाल र दिगो वित्तका लागि ९० मिलियन अमेरिकी डलर सहुलियत ऋण स्वीकृत
सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा
सिंहदरवारमा मन्त्रिपरिषद्को बैठक जारी
इराकमा कार्यरत नेपालीलाई अभिलेखमा ल्याउन श्रम स्वीकृति दिने सरकारको निर्णय
आज मन्त्रिपरिषद्को बैठक बस्दै
मन्त्रिपरिषद्को बैठक आज बस्दै