कोरोना कहर : तीन दिनमा ७२ जनाले गुमाए ज्यान

सफल खबर संवाददाता

सोमबार, १३ बैशाख २०७८, ०८ : ११
कोरोना कहर : तीन दिनमा ७२ जनाले गुमाए ज्यान

काठमाडौं । दैनिक तिब्र रूपमा फैलिरहेको कोरोना संक्रमणको कारण तीन दिनभित्रैमा ७२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ ।

तथ्यांकअनुसार गत चौविस घण्टामा १६ जनाको मृत्यु भएको हो। त्यस्तै शनिबार १४ र शुक्रबार ५ जनाको मृत्यु भएको थियो। यसै गरी यो तीन दिनभित्र थप ३७ जना मृतकमा संक्रमण पुष्टि भएको छ। यीसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार १ सय ६४ पुगेको छ ।

हाल नेपालमा दैनिक मृत्युदर १।०५ प्रतिशत पुगेको छ। गत २४ घण्टामा संक्रमणदर बढेर ३० दशमलव ९७ प्रतिशत पुगेको छ। नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस