कस्तो रहला आजको मौसम ?

सफल खबर संवाददाता

सोमबार, १३ बैशाख २०७८, ०७ : २७
कस्तो रहला आजको मौसम ?

काठमाडौं । हाल देशमा स्थानीय वायुको प्रभाव रहको  जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।अहिले देशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली र बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहेको महाशाखाको भनाइ छ । 

महाशाखाले सोमबार दिनभर  देशका पहाडी भूभागमा आँशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने पूर्वानुमान गरेको छ । यस्तै राति प्रदेश नं १, प्रदेश नं २ लगायतका देशका पहाडी भूभागमा आँशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस