देशभर ३ हजार १ सय २२ जनामा कोरोना संक्रमण पुष्टि , काठमाडौं उपत्यकामा मात्रै थपिए १ हजार ४९८ संक्रमित

सफल खबर संवाददाता

आइतबार, १२ बैशाख २०७८, १६ : ३९
देशभर ३ हजार १ सय २२ जनामा कोरोना संक्रमण पुष्टि , काठमाडौं उपत्यकामा मात्रै थपिए १ हजार ४९८ संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ४९८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भक्तपुरमा ९६, ललितपुरमा २७० र काठमाडौंमा १ हजार १३२ गरी १ हजार ४९८ जनामा संक्रमण पुष्टि भएको हो । 

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ९ हजार २९२ पीसीआर र ७८६ को एन्टिजेन विधिबाट परीक्षण गर्दा देशभर ३ हजार १२२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । उनका अनुसार पीसीआर विधिबाट गरिएको परीक्षणमा ३ हजार ३२ जनामा संक्रमण पुष्टि भएको छ भने एन्टिजेन विधिबाट ९० जनामा संक्रमण पुष्टि भएको हो।  

मन्त्रालयका अनुसार हाल देशभर २५२ जना आईसीयू र  भेन्टिलेटमा ६५ जना रहेका छन् ।मन्त्रालयका अनुसार देशभर कोरोनामुक्त हुने दर ९२.५ प्रतिशत रहेको छ । 

प्रतिक्रिया दिनुहोस