चितवन । अनेरास्ववियु चितवनले कोरोना भाइरसको संक्रमण बढिरहेको समयमा गैँडाकोटमा रहेको अक्सफोर्ड कलेजले भौतिक रुपमा कक्षाहरु सञ्चालन गरिरहेको हुनाले आपत्ति प्रकट गरेको छ ।
स्वास्थ्य मन्त्रालयले चितवन जिल्लालाई जोखिमपूर्ण जिल्ला मानेको र चितवनसँग जोडिएको अक्सफोर्ड कलेजमा पनि विद्यार्थीहरुमा कोरोना फैलिनै डर हुनाले अक्सफोर्डका भौतिक कक्षाहरु बन्द गर्न अनेरास्ववियुले माग गरेको हो ।
अध्यक्ष साकार लामाद्वारा जारी गरिएको विज्ञप्तिमा रुपेन्देहीमा कलेज खोल्दा नै एक जना विद्यार्थीको कोरोनाबाट मृत्यु भएको ध्यानाकर्षण गराउँदै भौतिक कक्षाहरु बन्द गरी वैकल्पिक अनलाइनबाट कक्षाहरु सञ्चालन गर्न अक्सफोर्ड प्रशासनसँग माग गरिएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १२ बैशाख २०७८, १२ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा कलेज बसको ठक्करबाट एक पैदलयात्रीको ज्यान गयो