भारतबाट फर्केका गुल्मीका दुई संक्रमितको मृत्यु

सफल खबर संवाददाता

आइतबार, १२ बैशाख २०७८, ११ : ४८
भारतबाट फर्केका गुल्मीका दुई संक्रमितको मृत्यु

गुल्मी । भारतबाट फर्केका गुल्मीमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । गुल्मीका एक  पुरुषको बीच बाटोमा र अर्का एक जनाको घर आएको एक हप्ता नबित्दै कोरोना संक्रमणबाट मृत्यु भएको हो ।  

धुर्कोट गाउँपालिका २ पीपलधाराका ४२ वर्षका पुरुषको भारतबाट घर आउँदै गर्दा भैरहवाको क्वारेन्टाइनमा र छत्रकोट गाउँपालिका ३ हर्दिनेटाका ४५ वर्षका पुरुषको शनिबार राति होम आइसोलेसनमा ज्यान गएको स्वास्थ्य कार्यालय कोभिड १९ का फोकल पर्शन गोपाल कार्कीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस