काठमाडौं । इण्डियन प्रिमियर लिग ९आईपीएल० क्रिकेटमा राजस्थान रोयल्सले कोलकाता नाइट राइडर्सलाई ६ विकेटले हराएको छ ।टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १३३ रन बनाएको थियो । त्यसको जवाफमा राजस्थानले १८.५ ओभरमा ४ विकेट गुमाएर १३४ रन बनाउँदै जित हासिल गर्यो ।
राजस्थानका कप्तान सन्जु साम्सन ४२ रनमा नटआउट रहे ।जारी सिजनमा राजस्थानको पाँच म्याचमा यो दोस्रो जित हो । यस्तै पाँच खेलमा कोलकाताको यो लगातार चौथो हार हो । यो हारसँगै कोलकाता अंकतालिकाको आठौं स्थानमा खस्किएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १२ बैशाख २०७८, ०८ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गुजरातलाई हराउँदै बेंगलुरु लगातार दोस्रो पटक आईपीएल च्याम्पियन
आईपीएल फाइनलमा आज : आरसिबी र गुजरातको भिड्दै : कसले मार्ला बाजी ?
आईपीएल : शुभमन चम्किँदा गुजरात फाइनलमा, उपाधिका लागि बैंगलुरुसँग खेल्ने
आईपीएल : हैदरावादलाई हराउँदै राजस्थान दोस्रो क्वालिफायरमा
आईपीएलको लिग चरण समाप्त: क्वालिफायरमा आरसीबी र गुजरात भिड्ने
आईपीएलः रोमाञ्चक भिडन्तमा दिल्ली विजयी, राजस्थान पाँच विकेटले पराजित