प्रदेश नं १ मा १३६ सङ्क्रमित थपिए

रासस

शनिबार, ११ बैशाख २०७८, १९ : ३४
प्रदेश नं १ मा १३६ सङ्क्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नंं १ मा आज १३६ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङमा ६८ मध्ये विराटनगरमा ५९, झापामा २१, सुनसरीमा २०, सङ्खुवासभामा नौ, धनकुटा र इलाममा तीन/तीन, तेह्रथुम, ताप्लेजुङ र ओखलढुङ्गामा एक÷एक र प्रदेश बाहिरका नौ जनामा सङ्क्रमण  देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ३१ हजार ३२२ पुगेको छ भने सङ्क्रमितमध्ये २९ हजार ९४४ सङ्क्रमणमुक्त भएको र सक्रिय सङ्क्रमितको सङ्ख्या ८९९ पुगेको छ ।

आज ४३८ को पिसिआर परीक्षण गर्दा ४२ महिला ९४ पुरुषमा पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ । विराटनगरमा शुक्रबार ५४ मा कोरोना पोजेटिभ देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस