चर्चित वैज्ञानिक स्टीफन हकिङ्गको आज अन्त्यष्टि हुँदै

एजेन्सी

शनिबार, १७ चैत्र २०७४, १२ : ४६
चर्चित वैज्ञानिक स्टीफन हकिङ्गको आज अन्त्यष्टि हुँदै

भौतिकशास्त्री स्टीफन हकिङ्गको शनिबार क्याम्ब्रिजमा फ्युनेलर (अन्तिम संस्कार) हुने भएको छ । मार्च १४ मा निधन भएका चर्चित भौतिकशास्त्री हकिङ्गको क्याम्ब्रिजको युनिभर्सिटी चर्च ग्रेट सेन्ट मेरीमा स्थानीय समय अनुसार दिउँसो २ बजे फ्युनेरल हुने तय भएको बिबिसीले उल्लेख गरेको छ ।

सैद्धान्तिक भौतिकशास्त्री प्रोफेसर हकिङ्गको अस्तु आउँदो जुनमा वेष्टमिनिस्टरमा रहेको सर आइज्याक न्युटनको चिहान नजिकै गाड्ने तय भएको छ ।
हकिङ्गको फ्युनेरल शनिबार दिउँसो एक निजी कार्यक्रमका बिच गरिने तय भएको छ । यसका लागि परिवारका सदस्य, साथी तथा सहकर्मीसहित झण्डै पाँच सयजनालाई निम्ता गरिएको छ । तर समारोहमा धेरै मानिस उपस्थित हुने अनुमान छ ।
फ्युनेरलका लागि क्याम्ब्रिजमा तयारी पूरा भएको त्यहाँका अधिकारीले बताएका छन् । सैद्धान्तिक भौतिकशास्त्री हकिङ्गको मार्च १४ बुधबार ७६ वर्षको उमेरमा निधन भएको हो ।

वैज्ञानिक हकिङ्गले ब्ल्याक होल र रिलेटिभिटी सम्बन्धी गरेको कामलाई भौतिक विज्ञानमा ब्रेक–थ्रु का रुपमा लिने गरिन्छ । उनले ‘अ ब्रिफ हिस्ट्री अफ टाइम’ सहितका धेरै पुस्तक लेखेका छन् । उनका लुसी, रोबर्ट र टिम गरी तीन सन्तान रहेका छन् । -बिबिसी

 

प्रतिक्रिया दिनुहोस