डोकोमा बोकेर बिरामीलाई अस्पताल पु¥याउनुपर्ने अवस्था अन्त्य

रासस

शनिबार, ११ बैशाख २०७८, १४ : ००
डोकोमा बोकेर बिरामीलाई अस्पताल पु¥याउनुपर्ने अवस्था अन्त्य

डोटी । जिल्लाको बर्छैन स्वास्थ्य चौकीलाई एम्बुलेन्स प्रदान गरिएको छ । नेपाल भारत विश्व मैत्री सङ्घका  वरिष्ठ उपाध्यक्ष पद्मराज जोशीको पहलमा भारतीय दूतावासले उक्त एम्बुलेन्स प्रदान गरेको हो । 

दूतावासले प्रदान गरेको उक्त एम्बुलेन्स बडिकेदार गाउँपालिका–१ देवलीमा रहेको बर्छैन स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिएको छ । स्वास्थ्य कार्यालय डोटी र भारतीय दूतावासले उक्त एम्बुलेन्स एक कार्यक्रमबीच बर्छैन स्वास्थ्य चौकीका निमित्त स्वास्थ्य प्रमुख  भूपेन्द्रबहादुर शाहलाई हस्तान्तरण गरेको गाउँपालिकाले जनाएको छ ।

एम्बुलेन्स स्वास्थ्यमा आएपछि बिरामीलाई डोकोमा बोकेर अस्पताल पु¥याउनुपर्ने बाध्यताको अन्त्य हुने र सहजरूपमा स्थानीयलाई सेवा मिल्नेनिमित्त स्वास्थ्य प्रमुख  शाहले बताए । उनले भने, “एम्बुलेन्स नहुँदा बिरामीलाई डोकोमा बोकेर अस्पताल लैजानुपर्ने अवस्था थियो, कतिपय बिरामी समयमै अस्पताल पु¥याउन नसकिदा ज्यानसम्म जाने गरेको थियो, अब त्यो समस्या अन्त हुने भएको छ ।”एम्बुलेन्स ल्याउन पहल गर्ने कांग्रेस नेता समेत रहेका जोशीलाई यहाँका नागरिकले धन्यबादसमेत दिएका छन् । गाउँमै एम्बुलेन्स पुगेपछि यहाँका नागरिक निकै खुशी भएको स्थानीयबासी शान्ति कलेलले जानकारी दिइन्।

प्रतिक्रिया दिनुहोस