मिर्गाैला तथा थाइराइड पीडित एक महिलालाई मन्त्री आलेद्वारा आर्थिक सहयोग

रासस

शुक्रबार, १० बैशाख २०७८, १४ : ४२
मिर्गाैला तथा थाइराइड पीडित एक महिलालाई मन्त्री आलेद्वारा आर्थिक सहयोग

काठमाडौ । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले मिर्गौला तथा थाइराइड पीडित एक महिलालाई आर्थिक सहयोग गरे। उनले डोटीको दिपायल सिलगढी नगरपालिका–९ कलेनाका ५३ वर्षीया मिर्गौलापीडित उजुली आउजीलाई रु १५ हजार तथा  आदर्श गाउँपालिका–५ का थाइराइडका विरामी रुपसिंह टामटालाई रु १० हजार सहयोग प्रदान गरेका हुन् । 

लामो समयदेखि बिरामी भएर काठमाडौँमा उपचार गराई रहेका हुन् । दुवै जनालाई उपचारमा केही सहज होस् भन्ने उद्देश्यले उक्त रकम मन्त्रीले प्रदान गरेका उनका स्वकीय सचिव हेमन्त रेग्मीले बताए । 

प्रतिक्रिया दिनुहोस