जनकपुर । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटलाई बालुवा पेलेर तेल ननिस्कने अर्थ लगाएका छन् ।
शुक्रबार जनकपुरधामस्थित एमालेको पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मलेनमा नेता नेपालले भने, ‘अस्ति म होटेलमा गएको थिए, कुराकानी पनि भयो । मलाई केही आशा जागेको थियो, तर हिजोको बैठकमा उहाँले झनै दम्भ देखाउनुभो।’
उनले प्रधानमन्त्री ओलीको दम्भ अहिले धरहराको भन्दामाथि भ¥याङ उक्लेर चढेको बताए। केपी ओलीले हिजो आफूलाई धरहरा देखाएर आफ्नो दम्भ प्रस्तुत गरेको नेता नेपालले बताए।
उनले भने, ‘हिजो उहाँले धरहरा भन्दै मलाई आफ्नो दम्भ देखाउनुभयो ।’ नेता नेपालले ओलीको दम्भको कुनै अर्थ नरहेको बताए।
‘हामी आन्दोलन छोड्दैनौँ, पार्टी छोड्दैनौँ, संघीयता त्याग्दैनौँ, संविधानको मर्म र भाव अनुसार अगाडि बढछौँ । कुनै व्यक्तिको मुख हेरेर हैन जनताको मुख हेरेर आन्दोलनमा लागेका छौँ’, नेपालले भने।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १० बैशाख २०७८, ११ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माधवकुमार नेपालले गरे रौतहट-१ बाट उम्मेदवारी दर्ता
पूर्व राष्ट्रपति भण्डारीसँग माधव नेपालको भेट
पार्टीविरुद्ध गलत प्रचार भए प्रतिवाद गर्नुपर्छ : अध्यक्ष नेपाल
पूर्वप्रधानमन्त्री नेपालको पक्षमा सयभन्दा बढी वकिल, वरिष्ठ अधिवक्ता सुशील पन्तले अख्तियारको नेतृत्व गर्ने
प्रचण्ड र माधव नेपालबिच भेटवार्ता
माधवकुमार नेपालको सांसद पद निलम्बन