बलिउडका चर्चित संगीतकार नदिम श्रवणको जोडी टुट्यो, श्रवणको कोरोना संक्रमणबाट मृत्यु

एजेन्सी

शुक्रबार, १० बैशाख २०७८, ११ : २८
बलिउडका चर्चित संगीतकार नदिम श्रवणको जोडी टुट्यो, श्रवणको कोरोना संक्रमणबाट मृत्यु

एजेन्सी । बलिउडका चर्चित संगीतकार श्रवण राठोरको कोरोना संक्रमणबाट मृत्यु भएको छ । ६६ वर्षिय श्रवणलाई केही दिनपहिले कोरोना संक्रमण भएपछि मुम्बईको हेजा अस्पताल भर्ना गरिएको थियो ।

कोरोना संक्रमित भए पनि उनको मृत्युको कारण हृदयघात र मल्टिपल अर्गान फेलियर भएको चिकित्सकले बताएका छन् । बुबाको मृत्युको पुष्टि गर्दै छोरा सञ्जीव राठोरले सामाजिक संजालमा उल्लेख गरेका छन्, ‘केही समयअघि बुबाले हामीलाई छाडेर बिदा हुनुभएको छ ।

हृदयघातले उहाँको ज्यान लियो । कोरोना संक्रमणपछि मधुमेहका बिरामीसमेत रहेका उनको कलेजोमा पनि समस्या देखिएको थियो । सन् १९९० को दशकमा नदिम–श्रवण जोडीको बलिउडमा दबदबा थियो । उनीहरूले संयुक्त रूपमा थुप्रै हिट चलचित्रमा संगीत भरेका छन् । चलचित्र ‘आसिकी’ का रोमान्टिक गीतमा उनीहरूले दिएको सांगीतिक धुन निकै लोकप्रिय छ ।

प्रतिक्रिया दिनुहोस