काठमाडौ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच हिजो साँझ मेरियट होटलमा भेटघाट हुनु अगावै एमाले उपमहासचिव तथा अर्थमन्त्री विष्णु पौडेल र काँगे्रस नेता बालकृष्ण खाँडबिच सोही होटलमा भेटघाट भएको खुलासा भएको छ ।
ओली र नेपाल भेट्नु केही मिनेट अगाडी मात्रै यि दुवै नेता भेटघाट गरेर सोही होटलबाट बाहिरिएको श्रोतको भनाई छ । स्मरण रहोस, नेता पौडेल ओली निकट मान्निछन् भने काँग्रेस नेता खाँड सभापति देउवा नजिकका नेता मानिन्छन् । एउटै जिल्ला रुपन्देहीका नेता पौडेल र खाँडबीच सोही होटेलमा भएको गोप्य वार्तालाई एकथरिले शंकाको दृष्टिकोणले समेत हेरेका छन् ।
सभापति देउवा प्रधानमन्त्री ओलीसंग नजिक भएको खबर चलिरहदा दुवै पार्टीका नेतृत्व तह निकटका नेता भेट्नु राजनिति बृत्तमा चासोका साथ हेरिएको छ । एकतिर नजर लगाएर,अर्कोतिर निशाना साध्ने प्रधानमन्त्री ओलीको बानीलाई नजिकबाट चिन्नेहरुले राजनीतिमा यो अर्को कुनै खेल त हैन भन्ने प्रश्न उठाएका छन् ।
सभापति देउवाका अति निकटस्थ खाँड र प्रधानमन्त्री ओलीका विश्वासपात्र पौडेलबीच भएको वार्तालाई नेपाल र ओलीको भेटसँग भएको कुराकानीसङ्ग जोडेर हेर्न नमिल्ने पनि कतिपयको तर्क छ । स्रोतको भन्छ,‘ माओवादी,माधव खेमालगायत सबै चकित पर्नेगरी बरु हामी हामी मिलेर चुनावी सरकार गठन गरौं भन्दै काङ्ग्रेसको नाडी छाम्ने अभियान त हैन ? आखिर दुबै पार्टीको चाहना अर्ली इलेक्सन नै हो ? “
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०९ बैशाख २०७८, ११ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विकास आयोजनाहरूलाई द्रुत गतिमा अघि बढाउन प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री ओलीद्वारा ‘नेसनल हाइ पर्फमेन्स सेन्टर’को उद्घाटन
प्रधानमन्त्री ओलीले गरे रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रको अवलोकन
रसुवाको बाढीग्रस्त क्षेत्र अवलोकनमा जाँदै प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओलीसँग भेट गर्न पूर्णबहादुर र गृहमन्त्रीलाई लिएर बालुवाटार पुगे देउवा
देशभर उच्च सतर्कता अपनाउन प्रधानमन्त्री ओलीको आग्रह