बुटवल । कपिलवस्तुको चम्पापुरमा बस र ट्रक एकपसमा ठोक्किँदा बस चालकको मृत्यु भएको छ ।दुर्घटनामा परी बस चालक कपिलवस्तुको वाणगंगा नगरपालिका–२ बस्ने २७ वर्षीय बस चालक कृष्णबहादुर गुरुङको मृत्यु भएको हो । दुर्घटनामा परी २४ जना घाइते भएका छन् ।
दुर्घटनामा गम्भीर घाइते उनको उपचारका लागि बुटवल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय गोरुसिङ्गे कपिलवस्तुका प्रहरी हवल्दार भरत गुरुङले जानकारी दिए । मृतक चालकको शव बुटवलको चौराहा अस्पतालमा राखिएको छ ।
बुटवलबाट कृष्णनगर जाँदै गरेको लु १ ख ५६८४ नम्बरको बस र दाङबाट बुटवल आउँदै गरेको ना ४ ख ३०१२ नम्बरको ट्रक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।
घाइतेहरुको बुटवलको चौराहा अस्पतालमा उपचार भइरहेको छ ।घाइतेमध्ये केहीको अवस्था गम्भीर छ । ट्रक, ट्रकका चालक र बसलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०७ बैशाख २०७८, १५ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मोटरसाइकल आपसमा ठोकिँदा एक जनाको मृत्यु, दुईजना घाइते
चितवनमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु
मोटरसाइकल दुर्घटना स्थलमा युवकको शव फेला
गिरिबन्धु टि-स्टेट नजिक मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु
दार्चुलामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु
रुपन्देहीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु