काठमाडौं । निजामती सेवाको आफ्नो ३० वर्षे सेवावधि पूरा गरी आज अनिवार्य अवकाश पाउनुभएका वन तथा वातावरण सचिव डा विश्वनाथ ओलीलाई आज मन्त्रालयमा बिदाइ गरिएको छ । वनमन्त्री प्रेमबहादुर आलेले डा ओलीलाई बिदाइ गर्दै उनी एक विज्ञ तथा मन्त्रालयका लागि योग्य व्यक्ति भएकाले मन्त्रालयलाई उनको आवश्यकता सधैँ पर्ने बताए।
सेवानिवृत्त डा ओलीले निजामती सेवामा प्रवेश गरेपछि आफूले विद्यावारिधिसम्म गर्न पाएको र राष्ट्र, राष्ट्रियता तथा नेपाली नागरिकका लागि उल्लेख्य योगदान गरेको बताए । आफ्नो सेवावधि पूरा गर्नुभएका वन मन्त्रालयका उपसचिव श्रीकृष्ण वस्ती र चालक विदुर गौतमलाई पनि आजै बिदाइ गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, ०७ बैशाख २०७८, १५ : २०
लेखकबाट थप