स्पष्टीकरण पत्रमा २७ सांसदलाई ओलीको प्रश्न : तपाईंलाई सांसद पदबाट किन नहटाउने ?

सफल खबर संवाददाता

मंगलबार, ०७ बैशाख २०७८, १४ : २०
स्पष्टीकरण पत्रमा २७ सांसदलाई ओलीको प्रश्न : तपाईंलाई सांसद पदबाट किन नहटाउने ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका २७ सांसदलाई स्पष्टीकरण सोधेका छन् ।अध्यक्ष ओलीले मंगलबार माधवकुमार नेपाल समूहमा रहेका २७ प्रतिनिधिसभा सदस्यलाई स्पष्टीकरण सोधेका हुन् ।

नयाँ राजनीतिक दलको स्वरुपमा गतिविधि गरेको गरेको भन्दै उनले पठाएको पत्रमा सोधिएको छ, तपाईंलाई संघीय संसदको सदस्य पदबाट किन नहटाउने ? आधार कारणसहित तीन दिनभित्र स्पष्टीकरण पेश गर्नुहुन निर्देशन गर्दछु ।’पत्रमा यस्ता गतिविधि कायम रहे जुनसुकै बेला थप कारबाही हुनसक्ने चेतावनी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस