तालिबानको जेलबाट २८ सर्वसाधारण मुक्त

रासस

मंगलबार, ०७ बैशाख २०७८, १४ : १५
तालिबानको जेलबाट २८ सर्वसाधारण मुक्त

काबुल । अफगान सेनाले अफगानिस्तानको दक्षिणी प्रान्त हेल्मान्डमा सोमबार राती शुरु  गरेको एक विशेष अभियानमा ६ जना सशस्त्र आतङककारी मारिएका छन् । सोही अभियानको क्रममा २८ जना व्यक्तिलाई तालिबानको जेलबाट मुक्त गरिएको सेनाले मङ्गलबार पुष्टि गरेको छ । 

अफगानिस्तान नेसनल आर्मीका कमाण्डोहरुले हेल्मान्ड प्रान्तको मुसा काला जिल्लाको वरपरका इलाकामा आतङ्ककारीलक्षित कारबाही गरेका थिए ।  

सेनाले प्रकाशन गरेको विज्ञप्तिकाअनुसार मुक्त भएर सेनाका शिविरमा लगिएका ती व्यक्तिहरुका मेडिकल चेकअप  भएको थियो । 

तालिवान विद्रोहीहरु प्रायः गाउँ र राजमार्गबाट सर्वसाधारण र सुरक्षाकर्मीहरुलाई अपहरण गर्ने गरेका छन् । अपहरण परेका ती सर्वासाधारण र सुरक्षाकर्मीहरुलाई तालिबानहरुले जासूसी गरेको आरोप लगाउँदै सजाय दिने गरेका छन् ।  

तालिबानी आतङकवादी समूहले सर्वासाधारण मुक्ति र सशस्त्र हतिहारधारी मारिएका विषयमा कुनै प्रतिक्रिया दिइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस