प्रधानमन्त्री ओली दम्पत्तीको पुजाअर्चना पछि रथ यात्रासहित अयोध्यापुरी पठाईयो राम सीताको मुर्ती

सफल खबर संवाददाता

मंगलबार, ०७ बैशाख २०७८, ०९ : ४८
प्रधानमन्त्री ओली दम्पत्तीको पुजाअर्चना पछि रथ यात्रासहित अयोध्यापुरी पठाईयो राम सीताको मुर्ती

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटारमा चितवनको अयोध्यापुरीमा लगेर राखिने राम, सीता, लक्ष्मण र हनुमानका मूर्तिलाई आज विधिवत् रूपमा पूजाआजा गरि स्थापनाका लागि चितवन पठाएका छन् ।

प्रधानमन्त्री ओली र उनकी पत्नी राधिका शाक्यले ती मुर्तिहरुलाई स्वस्तिक वाचन गराउदैं विधिवत रुपमा पूजाअर्चना गरेका हुन् । पुजाआजा पछि ति मुर्तिहरुलाई रथ यात्रा गरेर आज चितवन पठाइएको हो। चितवन पठाईएको मुर्ति आज देवघाटमा राखिने र भोलि बुधबार अयोध्याधाम पठाउने कार्यक्रम तय गरिएको छ । 

रामनवमीका दिन उक्त मूर्ति धुमधामका साथ  स्थापना गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री ओलीले रामको जन्मभूमि चितवनको अयोध्या भएको दाबी गर्दै आएका छन्। अयोध्यामा राम मन्दिर बनाउने पनि सरकारको तयारी छ। प्रधानमन्त्री ओलीले आफ्नै खर्चमा मूर्ति बनाएको बताउने गरेका छन् ।  ‘श्री सीताराम शोभा रथयात्रा’ नाम दिइएर उक्त मुर्तिहरुलाई धार्मिक ¥यालीका साथ पठाईएको छ ।

प्रतिक्रिया दिनुहोस