काठमाडौं । जनता समाजवादी पार्टीका प्रमुख सचेतक पाण्डे, यादव र कल्पना पाण्डे लुम्बिनी प्रदेश सरकार बनेदेखि नै मन्त्री बन्ने प्रयासमा थिए । नेकपा विवादले मुख्यमन्त्री अल्पमतमा पर्न थालेपछि जसपा निर्णायक बन्यो । त्यसको फाइदा लिन पाण्डेद्वय र यादव मुख्यमन्त्रीसँग नियमित छलफलमा थिए ।
स्रोतका अनुसार आइतबारै मन्त्रालयको समेत टुंगो लागेको थियो । केन्द्रमा जस्तोसुकै निर्णय भए पनि प्रदेशमा पार्टी निर्णयका लागि स्वायत्त रहेको प्रमुख सचेतक पाण्डेले बताउँदै आएका थिए । ‘केन्द्रमा जे निर्णय भए पनि प्रदेश त्यो मान्न बाध्य नहुने’ उनको भनाइले मुख्यमन्त्री आफूले जसपाको साथ पाउनेमा ढुक्क थिए ।
तर, प्रदेशमा माओवादीका मन्त्रीले राजीनामा नदिएपछि मुख्यमन्त्रीले जोखिम मोलेर बर्खास्तीको निर्णय गर्न सकेका थिएनन् । त्यसले जसपाका नेतालाई मन्त्री बन्न रोक्यो । जसपाका ५ नेताले सोमबार अविश्वास प्रस्तावमा हस्ताक्षर गरेलगत्तै माओवादी मन्त्रीले राजीनामा दिएपछि जसपाका नेतालाई बाटो खुल्यो र मन्त्री बने । अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका जसपाका प्रमुख सचेतक पाण्डेले प्रदेश स्वायत्त रहेकाले आफूहरूले मन्त्री बन्ने निर्णय लिएको बताए । कान्तिपुरमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, ०७ बैशाख २०७८, ०८ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने
जसपाले गर्यो विधान संशोधन
जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु
कुनै पनि बहानामा हिंसात्मक गतिविधि स्वीकार्य छैन: जसपा नेपाल
जनमतसहितका विभिन्न पार्टीका नेता-कार्यकर्ता जसपा नेपालमा प्रवेश
जसपा बैठकमा बिषयगत छलफल