लागुऔषधसहित एकजना पक्राउ

सफल खबर संवाददाता

सोमबार, ०६ बैशाख २०७८, १२ : ५२
लागुऔषधसहित एकजना पक्राउ

काठमाडौं । मोरङको उर्लाबारी नगरपालिका–४ स्थित आइतबारे बजारबाट प्रहरीले लागु औषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ५१ वर्षीय सुरेन्द्र गड्तौला छन् ।

मिक्लाजुङ गाउँपालिका–३ घर भएका गड्तौलालाई ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

उनको साथबाट प्रहरीले ट्रामाडोल २ सय ट्याब्लेट र डेकोलिक २ सय ट्याब्लेट बरामद गरेको छ । लागुऔषध मुद्दामा म्याद लिएर उनीबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस