राष्ट्रपति भण्डारीद्वारा सर्वोच्च अदालतमा चुडाल र सुवेदीलाई न्यायाधीश नियुक्त

सफल खबर संवाददाता

सोमबार, ०६ बैशाख २०७८, १२ : ३१
राष्ट्रपति भण्डारीद्वारा सर्वोच्च अदालतमा चुडाल र सुवेदीलाई न्यायाधीश नियुक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले दुई मुख्य न्यायाधीशलाई सर्वोच्चको न्यायाधीशमा नियुक्त गरेकी छिन् । राष्ट्रपतिले नेपालको संविधानको धारा १२९ को उपधारा २ बमोजिम न्यायपरिषद्को सिफारिसमा कुमार चुडाल र नहकुल सुवेदीलाई न्यायाधीश नियुक्त गरेकी हुन् । 

न्यायाधीशमा सिफारिस गरिएपछि उनीहरुको नाम संसदीय सुनुवाइबाट यसअघि नै अनुमोदन भइसकेको थियो । झापाका चुडाल यसअघि उच्च अदालत पाटनमा मुख्य न्यायाधीश रहेका थिए भने सुवेदी उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश रहेका थिए । 

प्रतिक्रिया दिनुहोस