काठमाडौं । जारी आइपीएलमा रोयल च्यालेन्जर्स बेंगलोरले लगातार तेस्रो जित दर्ता गरेको छ । आइतबार भएको पहिलो खेलमा बेंगलोरले कोलकता नाइट राइडर्सलाई ३८ रनले पराजित गरेको हो ।
चेन्नईमा बेंगलोरले दिएको २०५ रनको लक्ष्य पछ्याएको कोलकताले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६६ रन मात्र बनाउन सक्यो । कोलकताका लागि आन्द्रे रसेलले सर्वाधिक ३१ रन बनाए भने कप्तान आयोन मोर्गनले २९, शकिब अल हसनले २६, राहुल त्रिपाठीले २५ र शुभमन गिलले २१ रन बनाए ।
बेंगलोरका लागि केल जेमिसनले सर्वाधिक ३ विकेट लिए । यस्तै हर्सल पटेल र युजभेन्द्र चहलले २-२ विकेट लिए । टस जितेर पहिले ब्याटिङ गरेको बेंगलोरले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०४ रन बनाएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०५ बैशाख २०७८, २१ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आरसीबीले जित्यो पहिलोपटक आईपीएलको उपाधि
आईपीएल फाइनलमा आज पञ्जाब र आरसिबी भिड्दै
आईपीएलः दोस्रो क्वालिफायरमा आज पन्जाब र मुम्बई भिड्दै
आईपीएल: गुजरातलाई पराजित गर्दै मुम्बई दोस्रो क्वालिफायरमा प्रवेश
पन्जाबलाई हराउँदै बैंग्लोर आईपीएलको फाइनलमा
आईपीएल: पहिलो क्वालिफायरमा पन्जाब किंग्स र रोयल च्यालेन्जर्स बैंग्लोर भिड्ने