कैलाली । कैलालीमा हाइस र जिप ठोक्किँदा ९ जना घाइते भएका छन् ।जिल्लाको गोदावरी नगरपालिका ४ तेघरीमा सुदूरपश्चिम प्रदेश ०१००१ ख २६२३ नम्बरको हाइस र ग १ च ७९६३ नम्बरको जिप एक आपसमा ठोक्किएका हुन् ।
आइतबार बिहान अत्तरियाबाट डडेल्धुरातर्फ गइरहेको हाइससँग विपरीत दिशाबाट आइरहेको जिप ठोकिँदा ९ जना घाइते भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी निरीक्षक गणेश उप्रेतीले जानकारी दिए ।
हाइसमा सवार ४ जना र जिपमा सवार ५ जना घाइते भएको प्रहरीले जनाएको छ । उनीहरू अत्तरियास्थित पद्मा अस्पतालमा धनगढी स्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०५ बैशाख २०७८, १३ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु, एक जना घाइते
गोरखामा माइक्रोबस दुर्घटनामा हुँदा १७ जना घाइते
लमजुङमा जिप दुर्घटना, दुईको मृत्यु
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना दुई जनाको मृत्यु, एक घाइते
राजस्थानमा सडक दुर्घटना, १५ जनाको मृत्यु