काठमाडौँ । कोभिड – १९ व्यवस्थापन केन्द्र (सीसीएमसी) को शनिबार सिंहदरबारमा बसेको बैठकले वैशाख मसान्तसम्म शहरी क्षेत्रका विद्यालयहरु बन्द गर्न सिफारिस गरेको छ । यद्यपी उक्त सिफारिसलाई मन्त्रिपरिषदको बैठकले अनुमोदन गर्न बाँकी छ । सहरी क्षेत्रबाहेक अन्य स्थानको हकमा प्रदेश र स्थानीय तहले निर्णय गर्ने सक्ने बैठकले जनाएको छ ।
यसैबीच सरकारले कोरोनासम्बन्धी नयाँ स्वास्थ्य मापदण्ड जारी गर्ने भएको छ । पछिल्लो समय देशभर कोरोनाभाइरस संक्रमण बढ्दै गएपछि पुनः कडाइ गरिनुपर्ने आवाज उठ्दै आएको छ भने विद्यालयहरुमा विद्यार्थी धमाधम संक्रमित भएपछि स्वास्थ्य मन्त्रालयले नै विद्यालय बन्द गर्न शिक्षा मन्त्रालयलाई दबाब दिइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०४ बैशाख २०७८, १७ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बीस विद्यालयलाई ल्यापटप वितरण
गर्मीले कक्षा कोठामै विद्यार्थी ढल्न थालेपछि बर्दिबासका विद्यालय बन्द
विद्यार्थी न्यून भएका विद्यालय समायोजन
हरिनारायणको हिसाब : 'बजेटपछि झन् महँगो हुँदै गएको जीवन'
हुरी बतासले छानो उडाएपछि विद्यालयमा पठनपाठन प्रभावित
गर्मीका कारण कञ्चनपुरका दुई नगरपालिकामा विद्यालय बिहानी सत्रमा सञ्चालन