काठमाडौँ । त्रिकोणात्मक टि–ट्वान्टी क्रिकेट सिरिजअन्तर्गत नेपालले नेदरल्याण्ड्सविरुद्ध शानदार जित निकालेको छ। कीर्तिपुरस्थित त्रिवि क्रकेट मैदानमा शनिबार भएको खेलमा नेपालले नेदरल्याण्ड्सलाई ९ विकेटले पराजित गरेको हो।
नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले व्याटिङ गरेको नेदरल्याण्ड्सले नेपाललाई १३७ रनको लक्ष्य दिएको थियो। जवाफी व्याटिङमा उत्रिएको नेपालले १५ ओभरमा लक्ष्य पूरा गरेको हो। नेपालका तर्फबाट कुशल भुर्तेल र आशिफ शेखले अर्धशतक प्रहार गरे। उनीहरुले ११६ रनको कीर्तिमानी साझेदारी गरेका छन्।
४६ बलको सामना गरेका कुशल ५ चौका र ५ छक्काको मद्दतमा ६२ रन बनाएर आउट भएका थिए। आशिफले ३८ बलमा ४ चौका र ४ छक्कासहित ५४ रन बनाए। कप्तान ज्ञानेन्द्र मल्लले ७ बलमा १३ रन जोडे। यसअघि ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १३६ रन बनाएको थियो।
नेदरल्याण्ड्सका लागि बास डी लिडले सर्वाधिक ४१ रन बनाए। यस्तै स्कट एडवार्ड्सले ३०, पिटर सिलारले २३ र एन्टोनिउस स्टलले २० रन बनाए।बलिङतर्फ नेपालका सन्दीप लामिछानेले दुई तथा सोमपाल कामी र शाहब आलमले एक–एक विकेट लिएका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०४ बैशाख २०७८, १६ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रचण्ड, माधव र शेखरबीच विराटनगरमा भेट
ओमानमा नेपाल-ओमान आर्थिक सहकार्य प्रवर्द्धन कार्यक्रम आयोजना
नेपाल सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’को सूचीमा कायमै
थाइल्यान्डसँग पराजित हुँदै नेपाल प्रिमियर कपको क्वार्टरफाइनलबाटै बाहिरियो
एसीसी महिला प्रिमियर कप : थाइल्यान्डले नेपाललाई दियो १३१ रनको चुनौती
ओमानलाई आठ विकेटले हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा