काठमाडौँ । त्रिकोणात्मक टि–ट्वान्टी क्रिकेट सिरिजअन्तर्गत नेपालले नेदरल्याण्ड्सविरुद्ध शानदार जित निकालेको छ। कीर्तिपुरस्थित त्रिवि क्रकेट मैदानमा शनिबार भएको खेलमा नेपालले नेदरल्याण्ड्सलाई ९ विकेटले पराजित गरेको हो।
नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले व्याटिङ गरेको नेदरल्याण्ड्सले नेपाललाई १३७ रनको लक्ष्य दिएको थियो। जवाफी व्याटिङमा उत्रिएको नेपालले १५ ओभरमा लक्ष्य पूरा गरेको हो। नेपालका तर्फबाट कुशल भुर्तेल र आशिफ शेखले अर्धशतक प्रहार गरे। उनीहरुले ११६ रनको कीर्तिमानी साझेदारी गरेका छन्।
४६ बलको सामना गरेका कुशल ५ चौका र ५ छक्काको मद्दतमा ६२ रन बनाएर आउट भएका थिए। आशिफले ३८ बलमा ४ चौका र ४ छक्कासहित ५४ रन बनाए। कप्तान ज्ञानेन्द्र मल्लले ७ बलमा १३ रन जोडे। यसअघि ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १३६ रन बनाएको थियो।
नेदरल्याण्ड्सका लागि बास डी लिडले सर्वाधिक ४१ रन बनाए। यस्तै स्कट एडवार्ड्सले ३०, पिटर सिलारले २३ र एन्टोनिउस स्टलले २० रन बनाए।बलिङतर्फ नेपालका सन्दीप लामिछानेले दुई तथा सोमपाल कामी र शाहब आलमले एक–एक विकेट लिएका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०४ बैशाख २०७८, १६ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल
नेपाल र जापान सरकारबीच ऋण सम्झौतामा हस्ताक्षर
नेपालले भारतलाई हरायो
नेपालले हार्यो लगातार चार खेल, यूएईसँग फेरि पराजित
अक्टोबरमा मात्रै एक लाख २८ हजार पर्यटक नेपाल भित्रिए
नेपाल-भारतबीच संयुक्त लगानी सम्झौतामा हस्ताक्षर