काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमालेका वरिष्ठ नेता माधव कुमार नेपालबीच शनिबार बिहान भेटवार्ता भएको छ । दुई नेताबीच पछिल्लो विकसित राजनीतिक घटनाक्रमकै बीच भएको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
शुक्रबार कर्णालीमा मुख्यमन्त्री महेन्द्र बहादुर शाही नेतृत्वको सरकार नेपाल समूहका ४ सांसदले सघाएकै कारण सरकार ढल्नबाट जोगिएको थियो । स्रोतका अनुसार कोटेश्वरस्थित एक घरमा दुई नेताबीचको भेटमा कर्णालीको विषयमा छलफल हुनुका साथै अन्य रणनीतिक विषयमा पनि छलफल भएको छ । भेटमा माओवादी प्रवक्ता नारायणकाजी श्रेष्ठका साथै एमाले नेता घनश्याम भुसालसमेतको सहभागिता रहेको बताइएको छ ।
नेपाल समूहले प्रधानमन्त्री ओलीले पार्टी एकपक्षीय ढंगले सञ्चालन गरेको भन्दै देशभर समानान्तर गतिविधि गर्दै आएको छ भने शुक्रबार कर्णालीमा ४ सांसदले फ्लोर क्रस गरेर शाहीलाई विश्वासको मत लिएपछि राजनीति थप तरंगित बनेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०४ बैशाख २०७८, १२ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मुख्यमन्त्री कार्की र राष्ट्रसङ्घ खाद्य तथा कृषि संगठन नेपालका प्रतिनिधिबिच भेटवार्ता
मुख्यसचिव र अमेरिकी राजदूतबीच भेटवार्ता
ऊर्जा मन्त्री खड्का र चिनियाँ ऊर्जा प्रमुखबीच भेटवार्ता
प्रचण्ड र माधव नेपालबिच भेटवार्ता
भारतका पूर्व उपराष्ट्रपतिसँग रास्वपा सांसदद्वय गौतम र ढकालको भेटवार्ता
सभामुख घिमिरे र रास्वपाका कार्यवाहक सभापतिबिच भेटवार्ता