काठमाडौं । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य बबिन शर्माको घर तथा कार्यालयमा प्रहरीले खानतलासी गरेको छ । समाचारको विषयलाई लिएर शर्माको घर तथा कार्यालयमा आज बेलुकी प्रहरीले खानतलासीका साथै धम्की समेत दिएको नवनिर्वाचित महासचिव रोशन पुरीले जानकारी दिए ।
समाचारमा चित्त नबुझेमा प्रेस काउन्सिल नेपालमार्फत निरुपण खोज्नुपर्नेमा प्रहरीले 'विदेशी गुप्तचर निकायको दबाबले पक्राउ गर्नु पर्यो' भन्दै परिवारलाईसमेत धम्की दिएको पुरीले बताएका छन्।
यो घटनाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्ध सरकार निरन्तर अनुदार भएको पुष्टि गरेको उनको भनाइ छ । नेपाल सरकार र नेपाल प्रहरीलाई आफ्नो व्यवहार तत्काल सुधार गरेर समाचारका विषयमा प्रेस काउन्सिलमार्फत निरुपण खोज्न उनले माग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, ०३ बैशाख २०७८, २० : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बितेको वर्ष प्रेस स्वतन्त्रता हननका ७६ घटना
वीरगञ्जमा पत्रकारमाथि आक्रमण गर्नेलाई कारबाही माग
पत्रकार महासंघका पदाधिकारीको कार्यविभाजन, १३ विभागका संयोजक तोकिए
पत्रकार महासंघको निर्वाचनको सन्दर्भमा ६ संगठन एक ठाउँमा
पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित