सुर्खेत । संघमा सरकार फेर्ने रस्साकस्सी चलेपनि फलदायी परिणाम नदेखिएपछि प्रमुख राजनीतिक दलहरुको सत्ता फेरबदलको चलखेल प्रदेश सभातिर मोडिन थालेको छ ।
प्रधानमन्त्री केपी ओलीसँग असहमत रहँदै माओवादी केन्द्रले संघ देखि प्रदेश सम्म ओली तिरको सत्ता गठवन्धन बनाउने प्रयास गत फागुन २३ यता नै जारी राखेको छ । नेकपाको एकता बदर गदै पूर्ववत अबस्थामा एमाले र माओवादी केन्द्र सर्वाेच्च अदालतले ब्यूताईदिने निर्णय गरेपछि माओवादी केन्द्रका नेताहरु संघ देखि प्रदेश सम्मकै सरकार हेरफेरको चलखेलमा लागेका हुन् ।
माओवादीले काग्रेस, जसपा , राजमो लगायतका दललाई एमाले सँग एक्लाउन चाहेको छ । त्यही क्रममा केन्द्रमा पनि उसको एमाले अध्यक्ष एवंम प्रधानमन्त्री केपी ओली इतरको सत्ता समिकरण वनाउने प्रयास जारी राखेकै छ ।
संघमा फलदायी परिणाम नदेखिइरहदा सत्ता फेरबदलको गठबन्धत्रन प्रदेश तिर सोझिएको छ । गण्डकीमा प्रधानमन्त्री ओलीका विश्वासपात्र मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्ध काग्रेस, माओवादी केन्द्रले अविश्वास प्रस्ताब ल्याईसकेका छन् ।
कर्णालीमा भने नेकपा एकै रहदा पनि ओली निकटका नेता यमलाल कँडेलको नेतृत्वमा पटक पटक माओवादी केन्द्रका नेता तथा मुख्यमन्त्री महेन्द्रवहादुर शाहीको सरकार फेर्ने अनेकौ श्रृंखला चल्यो । त्यही क्रममा अहिले एमालेमा ओली समुह बलियो र प्रभावी बनिरहेको बला उसले कर्णालीको सरकार फेर्ने प्रयास थाल्यो ।
त्यही क्रममा गत चैत ५ मा एमालेले कर्णाली सरकारका मुख्यमन्त्री शाहीलाई दिएको समर्थनको प्रस्ताब फिर्ता लियो । एमालेले साथ छोडेपछि कर्णालीका मुख्यमन्त्री शाहीले आजै विश्वासको मत लिने भएका छन् । आज देखि शुरु हुन लागेको प्रदेश सभाको सातौं बेला पहिलो वैठकमा सरकारले दुई ओटा अध्यादेश टेवुल गर्ने र त्यसलगत्तै मुख्यमन्त्रीले विश्वासको मत लिने सम्वन्धी प्रक्रिया अगाडी वढाउने तयारी प्रदेश सभा सचिवालयले गरेको छ ।
प्रदेश सभामा ४० सांसद छन् । एक जना सांसदको पद माओवादीवाट एमालेमा लागेपछि माओवादीले चट वनाईदिएको छ । अव अहिले ३९ सदस्यीय प्रदेश सभा छ । प्रदेश सरकार गठन गर्न २० सांसद आवश्यक पर्छ । चैत ५ मा एमालेले समर्थन फिर्ता लिएको कारण समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संबैधानिक कानुनी प्रावधान छ ।
प्रदेश सभामा माओवादीसँग १२, कांग्रेसका ६ र राप्रपाका एक सांसद छन् । तर एमाले एक्लैको सभामुख सहित २० सांसद छन् ।मुख्यमन्त्री शाहीले विश्वासको मत लिनका लागि काग्रेस, राप्रपाको मत लिएर मात्रै पनि पुग्दैन । एमालेभित्रकै पनि मत चोर्नुपर्ने बाध्यता छ ।
माओवादी केन्द्रकी प्रमुख सचेतक सीता नेपालीले मुख्यमन्त्रीलिे लिन खोजेको विश्वासको मतमा साथ दिन सवै राजनीतिक दल लाई आग्रह गरेकी छिन् । काग्रेसले के गर्ने भन्नेमा कर्णालीका काग्रेस दलका नेताहरुलाई कुनै सन्देश अहिलेसम्म काग्रेसको केन्द्रले पठाएको छैन । तर लुम्विनी, गण्डकी लगायतका प्रदेशमा काग्रेस र माओवादीका वीचमा सत्ता गठबन्धन बन्न लागेकोले त्यहाँ माओवादी केन्द्रका मुख्यमन्त्रीले लिन खोजेको बिश्वासको मतमा काग्रेसले मत दिने विश्वास माओवादी केन्द्रको देखिन्छ ।
त्यस्तै, माओवादी केन्द्रले एमालेमा देखिएको अन्तरविरोधको फाइदा उठाउँदै केही सांसदलाई फलोर क्रस गराएर मत लिने योजना समेत बनाएको छ । एमालेको माधव नेपाल पक्षको मत फलोर क्रस गराएर लिने र विश्वासकोम त लिएर सरकार टिकाउने रणनीतिमा मुख्यमन्त्री शाही देखिन्छन् ।
तर एमालेका मुख्यमन्त्री ताकेर तीन वर्ष अगाडी देखि नै वसेका यमलाल कडेलहरुले एमालेमा फलोर क्रस नहुने बताईरहेका छन् । माधव नेपाल समुहले के गर्ने भन्ने निर्णय गर्ने जिम्मा यो पक्षले सिधै माधव नेपाललाई नै जिम्मा दिएको नेपाल पक्षका एक केन्द्रीय नेताले aताए ।
यस अर्थमा माधब नेपालले अब कर्णाालीमा एमालेमै रहने गरी भूमिका खेल्छन्, या फलोर क्रस गराउन आफु निकटका सांसदलाई लगाउँछन्, त्यो भने मुख्यमन्त्रीले विश्वासको मत लिदासम्म थाहा लाग्ने देखिन्छ ।तर मुख्यमनत्री शाहीको पद अहिलेसम्मको संसदको गणित केलाउँदा धरापमै रहेको राजनीतिक वृत्तमा चर्चा चल्ने गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०३ बैशाख २०७८, ०८ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर्णाली प्रदेश सभा सदस्य राजकुमार शर्माको पद यथास्थितिमा राख्न सर्वोच्चको अन्तरिम आदेश
यी हुन् कर्णाली प्रदेशको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय
कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठक : छैटौँ अधिवेशन आज रातिदेखि अन्त्य गर्न सिफारिस
कर्णाली प्रदेशमा भोली सार्वजनिक बिदा
‘पानी पर्यो भने रातभर निन्द्रा लाग्दैन, बच्चाहरू घर छोडेर जाऊँ भन्छन्, जाने ठाउँ छैन’
कर्णालीका ७९ स्थानीय तहका लागि बजेट विनियोजन, कुन पालिकालाई कति ? (पूर्णपाठसहित)