पत्रकार पौडेलमाथि भएको दुर्व्यवहारप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण

सफल खबर संवाददाता

विहीबार, ०२ बैशाख २०७८, १४ : ५९
पत्रकार पौडेलमाथि भएको दुर्व्यवहारप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण

तनहुँ । सैनिक दौडिरहेको दृश्य खिच्ने क्रममा नेपाल पत्रकार महसंघ तनहुँ शाखाका सदस्य पवन पौडेललाई नेपाली सेनाका सैनिक कमाण्डरले दुव्र्यवहार गरेको घटनाप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको भन्दै विज्ञप्ति जारी गरेको छ । 

बुधबार बिहान व्यास ५ चापाघाट तनहुँस्थित नेपाली सेनाको कालीभञ्जन गणका क्याप्टेन विजय थापाले दमौली भेट्घाट चोकस्थित सार्वजनिक सडकमा ट्रयाक सुट लगाएर दौडिरहेको दृश्य खिचेका पत्रकार पौडेलमाथि दुव्र्यवहार गरेका थिए । 

उनले एक्कासी पौडेलको क्यामेरा खोसेर दृश्य हटाउनुका साथै दुव्र्यवहार गरेकोप्रति महासंघले  ध्यानाकर्षण गराएको हो । क्याप्टेन थापाले फोटो र भिडियो खिच्न पाइँदैन भन्दै एक्कासी खिचेको फोटो र भिडियो हटाउन लगाएका थिए ।

महासंघले विज्ञप्ति जारी गर्दै संविधानले सुनिश्चित गरेको पत्रकारको अधिकारमा आघत पुग्ने यस्ता कार्य नदोहो¥याउन र प्रेस स्वतन्त्रताको सम्मान गर्न  आग्रह गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘नेपाली सेनाजस्तो जिम्मेवार निकायको जिम्मेवार सैनिक अधिकारीबाट पत्रकारमाथि गरिएको यो हर्कत आफैंमा निन्दनीय र दुःखद् छ । महासंघ संविधानले सुनिश्चित गरेको पत्रकारको अधिकारमा आघत पुग्ने यस्ता कार्य नदोहो¥याउन र प्रेस स्वतन्त्रताको सम्मान गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछ ।’

प्रतिक्रिया दिनुहोस