अमेरिका । अमेरिकाले रुसमाथि नयाँ प्रतिबन्ध लगाउने भएको छ । सन् २०२० को राष्ट्रपति चुनावमा दखल दिनका लागि गरेको प्रयास तथा साइबर आक्रमणलाई लिएर अमेरिकाले रुसमाथि प्रतिबन्ध लगाउने तयारी गरेको हो ।
अमेरिकाले रुसमाथिको नयाँ प्रतिबन्ध बिहीबार नै आउने सम्भावना रहेको जनाइएको छ । प्रतिबन्धमा ३० भन्दा बढि रुसी संस्था–संगठन तथा अमेरिकामा रहेका कम्तीमा १० रुसी अधिकारीलाई निष्काशन गर्नेसहित हुनेछ ।
निशानामा कूटनीतिज्ञहरु पनि रहने बताइन्छ ।
राष्ट्रपति जो बाइडेनले अमेरिकी वित्तिय संस्थालाई आउँदो जुनदेखि रुसबाट रुबल डेनोमिनेटेड बोण्डस खरिद गर्न प्रतिबन्ध लगाउने गरि कार्यकारी आदेश समेत आउने सम्भावना छ ।
अमेरिका–रुस सम्बन्ध अहिले उच्च तनावको अवस्थामा रहेका बेला प्रतिबन्ध आउन लागेको हो।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, ०२ बैशाख २०७८, १३ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दुई शक्ति राष्ट्रका राजदूत नेपालबाट किन एकै समय फिर्ता हुँदै छन् ?
अमेरिकाद्वरा भेनेजुएलाको अर्को तेल ट्यांकर जफत
भेनेजुयलासँग द्वन्द्व नगर्न रुसको अमेरिकालाई आग्रह
अमेरिका र युक्रेनबीच मियामीमा वार्ता हुने
अमेरिका–जापानले गरे व्यापार र दुर्लभ धातुसम्बन्धी सम्झौतामा हस्ताक्षर
अमेरिकाद्वारा कोलम्बियाका राष्ट्रपति पेट्रोमाथि प्रतिबन्ध