अमेरिका । अमेरिकाले रुसमाथि नयाँ प्रतिबन्ध लगाउने भएको छ । सन् २०२० को राष्ट्रपति चुनावमा दखल दिनका लागि गरेको प्रयास तथा साइबर आक्रमणलाई लिएर अमेरिकाले रुसमाथि प्रतिबन्ध लगाउने तयारी गरेको हो ।
अमेरिकाले रुसमाथिको नयाँ प्रतिबन्ध बिहीबार नै आउने सम्भावना रहेको जनाइएको छ । प्रतिबन्धमा ३० भन्दा बढि रुसी संस्था–संगठन तथा अमेरिकामा रहेका कम्तीमा १० रुसी अधिकारीलाई निष्काशन गर्नेसहित हुनेछ ।
निशानामा कूटनीतिज्ञहरु पनि रहने बताइन्छ ।
राष्ट्रपति जो बाइडेनले अमेरिकी वित्तिय संस्थालाई आउँदो जुनदेखि रुसबाट रुबल डेनोमिनेटेड बोण्डस खरिद गर्न प्रतिबन्ध लगाउने गरि कार्यकारी आदेश समेत आउने सम्भावना छ ।
अमेरिका–रुस सम्बन्ध अहिले उच्च तनावको अवस्थामा रहेका बेला प्रतिबन्ध आउन लागेको हो।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, ०२ बैशाख २०७८, १३ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य
अमेरिका–इरानबीच फेरि तनाव, दुवै पक्षबाट आक्रमण
भारतमा रहेका अमेरिकी राजदूत किन आउन लागे नेपाल ?
चीनलाई इरान–अमेरिका तनावले सकस: उत्पादन र निर्यातमा गम्भीर असर
अमेरिकी उच्च अधिकारी नेपाल आएलगत्तै भारतीय उच्च अधिकारीको पनि भ्रमण
आफ्ना विरोधीलाई साथ दिने व्यक्तिमाथि भिसा प्रतिबन्ध लगाउने अमेरिकाको घोषणा